Monday, May 13, 2024
Homeविविधराम्रो र सफल वकिल बन्न हुनुपर्ने ७ गुणहरू

राम्रो र सफल वकिल बन्न हुनुपर्ने ७ गुणहरू

धेरै साथीहरु कानुन पढिरहनु भइरहेको छ र धेरैले पढेर पास आउट पनि भइसक्नु भएको छ । तपाई सबैजनाको सपना ठूलो र सफल वकिल बन्ने होला र तपाईंहरू मध्ये धेरै जनाको मनमा यो प्रश्न आइरहन्छ होला कि एउटा ठूलो र सफल वकिल कसरी बन्ने ? त्यसैको बारेमा आज हामी यस बिषयमा चर्चा गरेका छौ ।

एउटा ठूलो, राम्रो र सफल वकिलमा हुनुपर्ने गुणहरू धेरै छन् तर केही प्रमुख गुणहरू जुन नभइ नहुने हो । एउटा सफल वकिल हुन् तलका निम्न गुणहरू तपाईं भित्र हुनुपर्छ र नभए आजै देखि बानी बसाल्नुहोस् ।

  1. क्लाईन्टको ध्यान राख्ने : एउटा राम्रो वकीलले सधै आफ्नो क्लाईन्टको ध्यान राख्छ र उसको मुद्दाको राम्रो संग हेरबिचार गरी अघि बढ्छ किनकी वकिलले बुझ्नुपर्छ कि त्यस्तै क्लाईन्टले गर्दा वकीलको घरपरिवारको जीवीकापार्जन चल्छ । क्लाईन्टलाई अनावश्यक खर्च पर्ने गरी केही गर्नुहुदैन ।
  2. नेतृत्व : एउटा सफल वकिल बन्न हुनुपर्ने गुणहरू मध्ये नेतृत्व पनि एक हो । एउटा राम्रो नेतृत्व गर्ने ब्यक्तिले गर्ने काम समान्य ब्यक्तिले गर्ने कामभन्दा कैयौं गुणा राम्रो हुन्छ । राम्रो र प्रभावशाली नेतृत्व भएको ब्यक्तिले आफ्नो क्षेत्रमा धेरै प्रभावकारी काम गर्न सफल हुन्छ र आफ्नो कामलाई र आफ्नो नेतृत्वमा कार्यरत मान्छेलाई पनि सहि समयमा सहि निर्देशन दिएर ठूलो उचाइमा पुर्याउन सफल हुन्छ ।
  3. उत्तरदायी : उत्तरदायी भनेको चाहिँ जवाफदेही हो । राम्रो र सफल वकिल सधै आफ्नो क्लाईन्टको मुद्दा प्रति उत्तरदायी भएर काम गर्छन् । मुद्दाको किसिम, परिस्थिति र त्यसमा लाग्ने समयको बिचार गरी क्लाईन्ट संग छलफल गरेर मात्र अघि बढ्छन् । र आफ्नो स्वार्थ पुरा हुनेगरी मुद्दालाई लम्ब्याउन खोज्दैनन् ।
  4. भावनात्मक सन्तुलन : भावनात्मक सन्तुलन भनेको भावनामा समानता हुनु हो । सत्य र तथ्य प्रमाणको आधारमा वकिलहरू अदालतमा बहस गर्छन र तथ्यहरू नै प्रमुख भुमिका खेलेको हुन्छन् तर धेरै वकिलहरू बहस गर्दा भावनामा बगेर पनि बहस गरिदिन्छन् जसले मुद्दा हार्छन । तर एउटा सफल वकिलले आफ्नो भावनालाई नियन्त्रणमा राख्छ र बहसको पैरवी गर्छ । त्यसैले राम्रो वकील बन्न भावनात्मक सन्तुलनको गुण पनि हुनुपर्छ ।
  5. धैर्यता : भनिन्छ कि एउटा राम्रो श्रोता नै मात्र एउटा राम्रो प्रवक्ता हुनसक्छ त्यसैले राम्रो तथा सफल वकिल हुन तपाईमा पनि धैर्यता हुनुपर्छ । कसैले केही भन्दा वा अदालतमा बिपक्षीले आफ्नो कुरा राख्दा वा न्यायाधीशले केही भन्दा बीचमै कुरा काटेर आफ्नो राय बिचार वा कुरा राख्ने प्रयास गर्नुहुदैन नत्र तपाइको ब्यक्तित्वं माथि नकारात्मक प्रभाव पर्छ । त्यसैले सफल र ठूलो वकिल बन्न धैर्यता राख्न सक्ने गुणको बिकास गर्नुपर्छ ।
  6. साहस : साहस अर्थात् हिम्मत पनि सफल वकिलमा हुनुपर्ने गुण मध्ये एउटा महत्वपूर्ण गुण हो र तपाईंलाई सफल वकिल बनाउन यसले ठूलो भूमिका खेल्छ । यदि तपाईमा सबै गुण भयो तर साहस नै छैन भने तपाईं सफल वकिल बन्न सक्नुहुन्न । अदालतमा बहसको पैरवी गर्दा आफ्नो बिपक्षी बाट आफूभन्दा बढी जान्ने र अनुभवी र ख्याति प्राप्त गरेको वकिल हेर्दा मुद्दा हारिन्छ भनेर आतिनु हुदैन किनकी न्यायाधीशले प्रमाणको आधारमा फैसला सुनाउने हुन् न कि बरिष्ठता र अनुभवको आधारमा त्यसैले आफ्नो कुरा अदालतमा प्रष्ट र स्पष्ट राख्नुपर्छ र आफूसँग भएको प्रमाण पेश गर्नुपर्छ ।
  7. अध्ययनशीलता : तपाईंले सकेसम्म कानुन बिषय र कुराहरू पढ्नुपर्छ र तपाईंले संसोधन भएका सम्पूर्ण जनकारी राख्नु पर्छ । जसले गर्दा तपाईंलाई हरेक कुरा थाहा हुन्छ र भबिष्यमा तपाईंले अभ्यास गरिराख्नुभएको क्षेत्र बाहेकका मुद्दा पनि लड्न सक्ने क्षमताको बिकास हुन्छ । धेरै वकीलहरू कुनै एउटा क्षेत्रमा मात्र अभ्यास गर्छन र त्यति मै सिमित भैहाल्छन । त्यसैले सकेसम्म नयाँ नयाँ कुराहरू खोज्दै गर्नु र पढ्ने वानी बसाल्नु ।

यदि तपाईंको मनमा कुनै प्रश्न छ भने कमेन्ट गर्न सक्नुहुन्छ । यदि तपाईलाई कुनै बिषयमा वा शीर्षकमा यस्ता जनकारी चाहियो भने कमेन्टमा वा म्यासेज वा इमेल गर्न सक्नुहुन्छ । हामीले तपाईंको कुरालाई ध्यानमा राखी प्रकाशित गर्नेछौं ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

अधिवक्ता र वाकीलमा के फरक छ?

के तपाईं कानुनको विद्यार्थी हुनुहुन्छ अनि Lawyer र Advocate बीचमा के फरक छ जान्न...

अदालतमा बहस गर्दा वकिलहरुले किन कालो कोट लगाउँछन्?

तपाईहरु मध्ये धेरैको मनमा वकिलहरुले कालो कोट किन लगाउँछन् भन्ने सोचिरहनुभएको होला? मैले धेरै...

न्यायाधीशले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब किन तोड्छन् ?

तपाईहरु मध्ये धेरै जनाले न्यायाधीशले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब तोडछन् सुन्नु भएको होला...

7 COMMENTS

  1. ma aaile astrology pad dai xu but aaba naya season dekhi law pani padne bhana ko soo milxa ke nai pheri 11/12 bata start garda kasto hunxa

    • मिल्छ । १२ क्लास जुनसुकै बिषय बाट पढेपनि ब्याचलर मा कानुन पढ्न मिल्छ । entrance exam मा नाम निकाल्नुपर्ने हुन्छ । थप जानकारीको लागि हाम्रो फेसबुक पेजमा हामीलाई म्यासेज गर्न सक्नुहुन्छ हुन्छ र हामीले instant reply गर्छौं ।

  2. मानौं तपाईं मुलुकी ऐन 1910 मस्यौंदा समितिको एक सदस्य हुनुहुन्थ्यो भने के कस्ता प्रावधान त्यहाँ उल्लेख गर्न सुझाव दिनुहुन्थ्यो लेख्नुहोस

    • यदि म मुलुकी ऐन १९१० काे मस्यौदा समितिको सदस्य भएको भए मैले निम्नलिखित प्रावधानहरू त्यहाँ उल्लेख गर्न सुझाव दिन्थे
      १. भेदभाव रहित सबैलाई निष्पक्ष न्याय प्रदान गर्न फौजदारी न्यायको प्राकृतिक सिद्धान्त समावेश गर्न,
      २. कानूनको नजरमा प्रत्येक व्यक्तिलाई समान व्यवहार गर्ने, कानुनको दृष्टिकोणमा समानताको अधिकार सुनिश्चित गर्न,
      ३. जातीय आधारमा सजाय दिइने व्यवस्था हटाउनुपर्ने र कानुनको आधारमा सजाय दिनुपर्ने व्यवस्था सुनिश्चित गर्न,
      ४. नागरिकको नागरिक अधिकारको रक्षा गर्न कानून बनाउने र ती अधिकारहरू अतिक्रमण गर्न शासकको शक्ति सीमित गर्ने,
      ५. कुप्रथा र कु-संस्कृतिलाइ कानूनी मान्यता नदिने,
      ६. अपराधका पीडितको मात्र शिकार सुनिश्चित नगरी अपराधीको पनि अधिकारकाे रक्षा गर्न कानून बनाउन,
      ७. जनतालाई न्याय दिनुको सट्टा पीडा र यातना र भेदभाव भएको महसुस गराउने कानुनलाई खारेजी गर्न

  3. ‘संबिधान र कानुन’ यो टपिकमा बोल्नु पर्यो भने के के कुरा हरु समेटेर भन्नुपर्छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: